७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आफूहरुको संघर्ष पद र अरु कुराका लागि नभएको माधव नेपालको भनाई



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई ‘राइटिस्ट कोर्स’ मा लैजान लागेको बताएका छन्। बिहीबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा उनले आफूहरु ‘कोर्स करेक्सन’ लागेको बताए।

नेता नेपालले आफूहरुको संघर्ष पद र अरु कुराका लागि नभएको बताए। देशको स्वभिमानको रक्षा गर्ने चिन्ता आफूहरुमा भएको उनले बताए।

आफ्नो सम्बोधनमा नेपालले ओलीबाट भएका गल्तीहरुको चर्चा गर्दै उनी सुध्रिनुपर्ने बताएका थिए। ‘गल्ती सच्याएर ठाउँ छाड्न तयार भए उनलाई पनि ठाउँ दिनुपर्छ’, नेपालले भने।

तर, ओली साँठगाँठ र चलखेलबाट अघि बढ्न खोजेको हो भने उनलाई ठाउँ दिने कुरा सम्भव नभएको बताए।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ४ : ४८ बजे