१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

अध्यादेशबाट बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश



बुटवल ।
गए राति प्रदेश सभाको अधिवेशन अन्त्य गरेको लुम्बिनी प्रदेशले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।आज बिहान मुख्यमन्त्री शंकर पोखरेलको निवासमा मन्त्रिपरिषद बैठक बसेको छ। अध्यादेबाट बजेट ल्याउन मन्त्रिपरिषद बैठक बसेको स्रोतको दाबी छ।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद नै प्रदेश सभा बहिष्कार गरेर हिँडेका थिए।विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेकोले बजेट पास नहुने बताएका थिए।

प्रकाशित मिति : १ श्रावण २०७८ शुक्रबार ००:००  १० : १२ बजे