गुल्मी ।
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषले ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
भुतुंग प्रहरीले चौकीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेर शुक्रबार साँझ तम्घास ल्याएको हो । नाताले भतिजी पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । घटनाको अनुसन्धान भइरहेको पाण्डेले बताए ।







प्रतिक्रिया