२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कांग्रेसले ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप्यो



काठमाडौं ।

नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ । म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय कांग्रेसले गरेको छ । नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८ आइतबार ००:००  ९ : १९ बजे