२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रधानमन्त्री देउवा : असोजभित्र थप एक करोड डोज खोप आइपुग्छ



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको कान्तिपुर इकोनोमिक समिटमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असोज सम्म थप एक करोड डोज खोप आइपुग्ने बताएका हुन्।

देउवाले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता पनि जनाएका छन्।

देउवाले कोरोनाले आक्रान्त भएका जनतालाई राहतको कार्यक्रम पनि सञ्चालन गर्ने जनाएका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०७८ आइतबार ००:००  १२ : १९ बजे