मायादेवी अनलाइन, जितपुर ।
कोइली नदीबाट बेपत्ता पशुपति पौडेलको शब ४ दिन पछि फेला परेको छ । गत बिहिबारबाट नदीमा बेपत्ता उनको शब आज महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
स्थानीयले आज शव देखेपछि प्रहरीलाई खबर गरेको र उक्त ठाउँमा खोजि गर्दा पौडेलको शव भेटिएको डिएसपि धर्मराज भण्डारीले बताउनु भएको छ ।
पौडेलको बिहिबार देखिनै नेपाली सेना, प्रहरी, शशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । नदीमा पानीको बहाब उच्च हुँदा शब खोज्नलाई समस्या भएको थियो । तर आज नेपाल प्रहरी, जनपथ, शशस्त्र प्रहरी लगाएतको टोलीको अथक प्रयास पछि पौडेलको शब फेला परेको प्रहरीले जनाएको छ ।
पौडेललाई साउन २८ गते बिहीबार दिउँसो नदी पार गर्ने क्रममा कोईली पुल माथिबाट नै बगाएको थियो । पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिदै गरेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि
३ दिन देखि कोइली खोलामा बेपत्ता पौडेलको आज पनि खोजी जारी
कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले फेरि एक जनालाई बगायो
कोइली खोलाले बगाएका युवा अझै भेटिएनन्, पानीको बहाव उच्च हुँदा समस्या







प्रतिक्रिया