२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कोइली खोलाले बगाएका युवा अझै भेटिएनन्, पानीको बहाव उच्च हुँदा समस्या



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता पुरुष अझै फेला परेका छैनन् । अर्घाखाँची धारापानीका ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए ।
पौडेलको बिहिबार बाटनै खोजीकार्य गरिएपनि अझैसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पौडेलको नेपाली सेना, नेपाल प्रहरी, शशस्त्रबल, गोताखोरटोलीले खोजिकार्य जारी राखेको छ । तर लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदा समस्या भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा बिहिबार देखिको अविरल वर्षाका कारण नदीमा बाढी आएकाले अहिले खोजी कार्यमा समस्या भएको थियो । वाणगंगाको भलवाड जोड्ने उक्त कजवेपुलमा आएको बाढीका कारण धेरै जनधनको क्षेती भएको छ भने पानी पर्दा स्थानीयहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  ५ : ३९ बजे