२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

१७ हजार ६ सय ८९ मा कोरोना परीक्षण गर्दा ३ हजार २७४ लाई संक्रमण



काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  ५ : ४८ बजे