३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

सर त्योे विद्यालय खुलेछ के हेर्नु भएको छ ? भनेर अर्को विद्यालयबाट फोन आउँछ




मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीे चक्रपाणी पाण्डेले जिल्लामा सिकाइमा सहज बन्न नसक्नुको एउटा कारण विद्यालय विद्यालयबीचमै भएको अस्वस्थ प्रतिस्पर्धा पनि एक भएको बताउनु भएको छ । बाणगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना पहिचान गर्नको लागि सोमबार भएको समुदायमा शिक्षक परिचालन कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले सो कुरा बताउनु भएको हो । पछिल्लो समय बाणगंगा नगरपालिकामा विद्यालय संचालनको विषयलाई लिएर प्रशासन र शिक्षकहरुबीच तिक्तता बढेको छ । जसका कारण एकले अर्को दोषी देखिरहेका छन् । यही सन्दर्भमा उहाँले प्रष्टिकरण दिनुभयो ।

उहाँले भन्नुभयो ‘ लवनीतिरबाट फोन आउँछ सर तपाईले देख्दै देख्नु हुन्न । त्यो लवनीमा एउटा स्कुल विद्यार्थी खचाखच राखेर चलेको छ । ओदारीको छेउको विद्यालय खुलेको छ । तपाईको पुलिसले के हेर्छ ? कृष्णनगर, बाणगंगाबाट पनि यस्तैयस्तै फोन आउँछन् स्वतन्त्र नागरिक र विद्यालयबाटै । अनि निरिक्षण र अवलोकनमा प्रहरी पुगेको हो । यसो गर्दा शिक्षकहरु अपमानित हुन नहुने उहाँले प्रष्ट्याउनु भयो ।
उहाँले थप्नुभयोे ‘त्यसपछि यता अभिभावकले फोन गरी भन्छन्, सर विद्यालय खुलेको हो र ? बोर्डिङले बोलाए । तर ड्रेसमा बोलाएनन् । कोरोनाको संक्रमण बालबालिामा फैलने डर छ । कसरी पठाउनु विद्यालय ? त्यसपछि मातहत युनिट परिचालन भएका हुन् ।

आफूलाई यस्ता रिपोर्टिङ आएपछि शिक्षा समन्वय प्रमुख र एसपी सापलाई आफूले जानकारी दिएको बताउनु भयो । अनुमतिविना जिल्लाका कुनकुन स्कुल खुलेका छन् । रिपोर्ट दिनु, आवश्यक परे एक्सनमा बन्द गर्नु र विद्यालय संचालक या प्राचार्यलाई झिकाउनुहोस् भनेको हुँ मातहतलाई । बाणगंगामा पनि भएको यही हो, 8उहाँले भन्नुभयो । प्रजिअ पाण्डेले यही कारण बाणगंगाका शिक्षकले आफूलाई गाली गर्न थालेको पनि सुनाउनु भयो ।अनुमतिविना विद्यालय संचालन गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपराले ४ निजी र १ सामुदायिक विद्यालयका प्राचार्यलाई बोलाएर सोधपुछ गरेको थियो ।

आफ्नो बाध्यता सरकारको निर्णयमा टेकेर काम गर्नू रहेको भन्दै सिडिओले विद्यालय खोल्न दिएन भनेर दोषी नबनाउन पनि उहाँको आग्रह छ । कोरोनाको अवस्था पहिचान भएपछि स्थिति ठिक भएको खण्डमा सिकाई केन्द्रको रुपमा, सिफ्टमा बाँडी विद्यालय चलाउन सकिने उहाँले बताउनु भयो । यसको लागि एक साताको समय लाग्ने उहाले बताउनु भयो ।सिकाई केन्द्रको रुपमा विद्यालय सुरु हुने अवस्था भए पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना भएको हुनुपर्ने उहाको भनाई छ ।

समुदायमा जाँदा सही रिपोर्ट लिएर आउन उहाँले सबै शिक्षकलाई अनुरोध गर्नुभयो । आफ्नो अवधारण ढिलै भए पनि जिल्लामा लागु हुन थालेको भन्दै बाणगंगाले सबैभन्दा अघि काम सुरु गरेर प्रसंसा बटुलेको बताउनु भयो । अबको एक हप्तामा शिक्षकको रिपोर्टको आधारमा नगरका ७२ विद्यालय नै खुल्ने छन् । अहिले जिल्लाको स्थिति तयति ठिक नभएकाले विद्यालय चलाउनु चुनौतिपूर्ण नै
रहेको उहाँको भनाई छ । मुलुकका कर्णधार विद्यार्थी लामो समय विद्यालय जान नसक्दा उत्पन्न भएका समस्याबारे आफू चिन्तित भएको उहाँले बताउनु भयो । अब विद्यालय खुलाउने विषयमा सामुदायिक र निजी विद्यालयले कुनै शत्रुता नराखी एउटै धारणा बनाउनु पर्ने अन्य सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  १२ : २४ बजे