अर्घाखाँचीमा एमाले पार्टी परित्याग गरि नेकपा (एस) मा प्रवेश गर्नेको लर्को


अर्घाखाँची ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल अर्घाखाँचीमा एमाले पार्टी परित्याग गरी दर्जन बढी प्रवेश गरेका छन् । बुधबार सन्धिखर्कमा बसेको संघको सचिवालय बैठकमा एमाले पार्टी त्यागी नेकपा (एस) मा प्रवेश गर्नेहरुलाई पार्टीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले टिका र खादा ओढाएर स्वागत गर्नुभएको हो ।

युवा संघ नेपालका जिल्ला अध्यक्ष पुष्कर पौडेलको अध्यक्षतामा बसेको सचिवालय बैठकमा विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

युवा संघ नेपाल अर्घाखाँचीका सह सचिब आनन्द भुसालको स्वागत मन्तव्य रहेको बैठकको स्वागत पुष्पा भाटले राख्नुभएको थियो ।

पार्टी प्रवेश गर्नेहरुको नामावाली

  • सन्तोष बिश्वकर्मा
  • नबिन भट्टराई
  • मेन बहादुर रोका
  • भोज बहादुर रोका
  • कृष्ण रोका
  • आकाश राना
  • तीलक खनाल
  • कमल बिक
  • रेशम रोका
  • कृष्ण बिक
  • तिलक मगर
  • राजेश सुनार

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस