रुपन्देहीको मोतीपुरमा लगाइएको कर्फ्यु हट्यो


रुपन्देही ।
रुपन्देहीको बुटवलमा रहेको मोतीपुर प्रस्तावित औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । आइतवार चार जनाको ज्यान जाने गरी भएको झडपपछि स्थिति नियन्त्रणमा लिन यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने क्रममा भएको झडपमा चार जना नागरिकको ज्यान भएको थियो भने चार दर्जन बढी प्रहरीसहित ८० जना घाइते भएका थिए ।

चार जना प्रहरीको काठमाण्डौमा उपचार भइरहेको छ । मृतकका परिवारलाई प्रदेश सरकारले १÷१ लाख दिने घोषणा गरेको छ । थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरुको सरकारले निःशुल्क उपचार गर्ने बताएको छ । मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस