२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

नेकपा (एस) प्युठानको जिल्ला इन्चार्जमा रिजाल



प्युठान।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को प्युठान जिल्ला इन्चार्जमा टिकाराम रिजाल चुनिएका छन् ।

नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका रिजाललाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । रिजाल नेकपा एमाले प्युठानका पुराना नेता हुन् ।

यसैगरि प्युठान नगरपालिकाकी उपमेयर समेत रहेकी शान्ता आचार्य सह इन्चार्जमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी आचार्य अहिले नेकपा (एस) को प्युठान जिल्ला सहईन्चार्जमा चयन भएकी हुन् ।

यसैगरि संविधान सभा सदस्य हिरा बहादुर केसीलाई पार्टीले केन्द्रीय अनुसासन आयोग सदस्यको जिम्मेवारी दिएको छ। केसी एमाले प्युठानका पूर्व सचिव तथा प्रदेश कमिटी सदस्य समेत रहेका थिए।

हालै सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले नेताहरूको जिम्मेवारी बाडँफाड गरेको नेकपा एकीकृत समाजबादीका प्युठान जिल्ला अध्यक्ष भोजबिक्रम बुढा मगरले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ३ : ०४ बजे