६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

माओवादी केन्द्रका वडा अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश



चेतन विष्ट, वाणगंगा ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकमा नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्षसहित एमाले र माओवादी केन्द्रबाट करिव ६० भन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनी ३ खिदिम लगायतका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी दुर्गाफाँटमा भएको कार्यक्रममा सो सङख्यामा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।

कांग्रेसमा प्रबेश गरेका ६० भन्दा धेरै नेता कार्यकर्तालाई कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल, जिल्ला सभापति विष्णुप्रसाद मुस्कान, पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल लगायतले अविर, माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, सहसचिव ईन्सु मिया, महासमिति सदस्य सूर्य प्रसाद अधिकारी, यादव प्रसाद घिमिरे, केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल, पाणिनि सभापति तुल्सी पौडेल, नेपाली कांग्रेस जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, कांग्रेस भातृ तथा शुभेच्छुक संस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे ।

पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रमम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतित्व र शेषकान्त पोख्रेलको सञ्चालनमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ५ : ४० बजे