८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

रुपन्देहीको एक फर्निचर उद्योगमा आगलागीः २ करोड भन्दा बढीको क्षति



रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेका अनुसार पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेको सबै फर्निचर जलेर नष्ट भएको हो ।
हिजो बेलुका ६ बजेदेखि लागेको आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो।
प्रवक्ता थापाले दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको बताउनु भएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७८ शुक्रबार ००:००  १२ : ०५ बजे