८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रदेश सरकारले दाङको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने



दाङ ।
लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ । राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो ।

यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको बताउनुभयो।

अस्पताल नहुँदासम्म सामान्य चोटपटक लागेका बिरामी या शल्यक्रिया गरेर प्रस्तुति गराउनुपर्ने सबैलाई बुटवल अथवा नेपालगञ्ज लैजानुपर्ने बाध्यता रहेको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७८ आइतबार ००:००  १२ : ५५ बजे