४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

माछा मार्न छाडिएको करेन्ट लागेर युवतीको मृत्यु



पाल्पा ।
पाल्पामा माछा मार्न छाडिएको विद्युत्को करेन्ट लागेर एक युवतीको मृत्यु भएको भएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तासियलकी ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट सर्दी खेतमा गएकी सुमित्रालाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो। करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो।

अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पकाउ गरेको छ। पक्राउ पर्नेमा रैनादेवी छहरा–२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  ७ : ५९ बजे