४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते



दाङ ।

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका ६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा ९ बस्ने २१ वर्षका बमबहादुर शाही,र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको लिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८ आइतबार ००:००  ८ : १२ बजे