२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

अर्घाखाँचीमा पौडेल पक्षिय श्रेष्ठ सभापतिमा निर्वाचित



अर्घाखाँची ।
नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् । पौडेल पक्षिय मानिएका श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षिय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीको१४ औं अधिवेशनबाट निकटतम प्रतिद्वन्दी ईन्द्रमणि पौडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् ।

केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरेका छन् । त्यस्तै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ ।

गएराती सम्पन्न निर्वाचनमा कुल १४३८ मतदाता मध्ये १४२१ मत खसेको थियो ।

निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान) ले उम्मेदवारी फिर्ता गरेपछि महासमिती सदस्य केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेविच सभापति पदमा निर्वाचन भएको थियो

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  ४ : ०७ बजे