८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एमाले युवा नेता ठकुरी एकीकृत समाजवादीमा प्रवेश



गुल्मी।
नेकपा एमालेको गुल्मी जिल्ला कमिटी सदस्य एवं युवा नेता राममल्ल ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

एमालेमा धनाढ्य र विचौलियाहरुको राज हुन थालेको आरोप लगाउँदै ठकुरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

सुरुदेखि नै माधवकुमार नेपाल पक्षधर ठहुरी एमाले विभाजन हुँदा अध्यक्ष केपी शर्मा ओलीको अडान ठिक रहेको भन्दै एमालेमै बस्ने निर्णय गर्नुभएको थियो ।

‘पार्टी विभाजनको समयमा एमालेका १० भाइले पार्टी एकताका लागि ठिकै गरे भन्ने लागेको थियो, तर उनीहरु विचौलिया रहेछन् भन्ने मलाई लाग्यो,’ ठकुरीले भन्नु भयो, ‘ती १० भाइमध्ये हाम्रो जिल्लाको नेता गोकर्ण विष्ट पनि एक हो ।’

प्रकाशित मिति : ३ माघ २०७८ सोमबार ००:००  ८ : ३५ बजे