१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सन्धिखर्क नगरपालिका माघ ८ गतेसम्म बन्द, मेयरसहित १६ जनामा कोरोना



अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा प्रवाहा बन्द गरिएको छ ।

मेयर कमलप्रसाद भुसाल सहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु आजदेखि माघ ८ गते सम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । त्यसमा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  २ : ३२ बजे