७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बाघ गणना गर्न निकुञ्जमा राखिएका २३ वटा क्यामेरा चोरी



नेपालगञ्ज ।

बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ। बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो। बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ। चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिए। तीन नम्बर ब्लकमा काम भइरहेको छ। त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ।

उनका अनुसार एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चार÷चार वटा क्यामेरा चोरी भएको छ। ६ वटा क्यामेरामा हात्तीले तोडफोड गरेको छ। एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ रहेको बताइएको छ। घाँस काट्न गएका र चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन्।

प्रकाशित मिति : २६ माघ २०७८ बुधबार ००:००  ८ : ४४ बजे