७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गयो



पाल्पा ।

पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ ।

तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८ शुक्रबार ००:००  ८ : ०० बजे