१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बालाजु ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट



काठमाण्डौ ।
बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।

गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ ।
आगलागीको कारण खुल्न बाँकी छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  ८ : २४ बजे