१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्रेड युनियन तिलोत्तमाको रक्तदानमा १११ युनिट रक्त संकलन




मयादेवी अनलाइन, चारनम्बर । नेपाल ट्रेड युनियन तिलोत्तमा २ रुपन्देहीले आयोजना गरेको रक्तदानमा १ १ १ युनिट रक्त संकलन भएको छ ।
समिति सभापति शोभाखर पाण्डेको अध्यक्षता र काँग्रेश जिल्ला सभापति राम कृष्ण खाँणको प्रमुख आतिथ्यमा मंगलबार भएको कार्यक्रममा १ १ १ युनिट रगत संकलन भएको हो । कार्यक्रममा रक्तदानको लागि बिभिन्न स्थानबाट सर्वसाधारण, दलका नेता र संघसंस्थाका प्रतिनिधिहरु आएका कार्यक्रम संयोजक शोभाखर पाण्डेले जानकारी दिनुभयो ।

पहिलोपटक आयोजना भएको कार्यक्रममा रक्ददाताहरु उत्साहित तवरले सहभागि भएकोमा खुसी ब्यक्त गर्दै संयोजक पाण्डेले भावी दिनमा पनि यस्ता मानवीय र सामाजिक कार्य गर्ने बताउनु भयो ।

युनियनको स्थापना दिवस पारी आयोजना गरिएको रक्तदानमा ट्रेड युनियनका जिल्ला सभापति प्रकाश चौधरी, पार्टीका तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे, युनियनका नगरसभापति भरत भुसाल, नेताहरु कल्याण पौडेल¸कमला पौडेल, राममाया पौडेल, पुर्ण बहादुर क्षेत्री लगायतको सहभागिता थियो । कार्यक्रमकै अवसरमा फोहर ब्यवस्थापनमा लाग्ने कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चाल नगर सचिव राजकुमार वाक्लेले गर्नुभएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८ बिहिबार ००:००  ७ : ५९ बजे