१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु महोत्सवः मनिषा प्रमुख आकर्षण, प्रकाश सपुत लगायतका दर्जन कलाकार




मायादेवी अनलाइन, चारनम्बर ।
१२
औँ कपिलवस्तु महोत्सवमा चर्चीत भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउने भएकी छन । चैत्र ३ गते देखि १३ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा हुने महोत्सवमा उनी आउने भएकी हुन । मनिषा कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । उनी महोत्सवमा आई सम्बोधन गर्ने कार्यक्रम तय भएको घिमिरेको भनाई छ ।

कोइरालासगै १२ औँ कपिलवस्तु महोत्सवमा शिव परियार, प्रमोद खरेल, प्रकाश सपुत, पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढि कलाकार आउने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले बताए ।

साथै महोत्सवको तयारी ७५ प्रतिशत सकिएको महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताए । महोत्सव एतिहासिक बनाउन नयापनको प्रयोग समेत गरिएको उनले बताए । महोत्सव सफल पार्न सरोकारवाला सबैले आआफनो ठाउबाट भुमिका खेल्न समेत उनले आग्रह गरेका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  ८ : २४ बजे