७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पोखरामा स्कुल बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु



पर्वत ।

कास्कीको पोखरामा स्कुल बस र स्कुटर ठक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१४ चाउथे १९ वर्षीय किस्मत वाग्ले रहेको प्रहरीले जनाएको छ।

बिहीवार बिहान चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग २२ प ००७ नम्बरको स्कुटरले ३२ वर्षीया टेकमाया घर्तीलाई ठक्कर दिएको थियो। त्यसलगत्तै स्कुटर विपरीत दिशाबाट आइरहेको रामबजारस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग १ क ९९६ नम्बरको बसमा ठोक्किँदा चालक वाग्ले घाइते भएका थिए। उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

स्कुटरको ठक्करबाट घाइते पैदल यात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  १२ : ४६ बजे