७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

त्रिभुवन विमानस्थलबाट १४ करोड रुपैयाँ बराबरको खैरो हेरोइन बरामद



काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ ।

दक्षिण अफ्रिकाबाट जोनेसवर्ग(कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो ।

ब्यूरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ ।

प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो ।

उनलाई पछ्याउँदै गएका ब्यूरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई पनि पक्राउ गरेको श्रेष्ठले बताए ।उनका अनुसार पक्राउ परेका दुवैजना विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ५ : ३० बजे