८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दैलेखमा एमाले उम्मेदवारले प्रयोग गर्ने गाडीमा आगजनी



दैलेख ।
दैलेखको आठविस नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ।

उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा आगजनी भएको हो।

आठविस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङमा रहेको गाडीमा आइतबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ।
गाडीमा कसैले आगो लगायो वा आफैँ केही कारणले लाग्यो भन्ने पुष्टि भइनसकेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

प्रकाशित मिति : २६ बैशाख २०७९ सोमबार ००:००  ८ : १६ बजे