८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बाजुराको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान



बाजुरा ।

बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ।

मतदान स्थलहरूमा झडप भएर तनाव सिर्जना हुँदा प्रहरीले हवाई फायर गरेको छ।

बुढीगंगा नगरपालिका ९ मा २ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माविमा रहेको मतदान केन्द्र १ मा र वडा नम्बर ५ को मतदान केन्द्रमा झडप भएपछि हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुई पक्षबीच खुकुरी हानाहान भएर तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरिएको जनाएको छ।

यस्तै, बुढीनन्दा नगरपालिका ९ अगाउपानीमा रहेको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  १२ : १९ बजे