४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

यशोधरामा एमालेको शानदार उपस्थिति, कुन वडामा कस्ले जित्यो (सूचिसहित)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेकपा (एमाले) कपिलवस्तुले शानदार उपस्थिति जनाएको छ ।

०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा एक जना पनि जनप्रतिनिधि जित्न नसकेको एमालेले ०७९ को निर्वाचनमा पालिका अध्यक्ष, उपाध्यक्षसहित केही वडामा शानदार जित निकालेको हो ।

गत निर्वाचनमा यस पालिकामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित शानदार जित प्रदर्शन गरेको थियो ।

जिल्लाकै बरिष्ठ नेता बृजेशकुमार गुप्ताको एमाले आगमनले एमालेले दक्षिणी भेगमा फाइदा उठाएको हो । प्रतिनिधिसभा २ का सांसद समेत रहेका गुप्ताको यशोधरा गाउँपालिकामा बलियो पकड छ ।

गाउँपालिका प्रमुखमा एमालेबाट शिवदयाल तिवारी, उपाध्यक्षमा गुञ्जादेवी मौर्या विजयी भइन् ।

तिवारी ४ हजार ४६२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुप कुमार पाण्डेयले ३ हजार २०० मत पाए । तिवारी १ हजार २३२ मत अन्तरले विजयी बनेका हुन् ।

साथै उपाध्यक्षमा मौर्या निर्वाचित हुँदा उनले ४०४५ मत प्राप्त गरिन । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विन्द्रावती यादवले ३२३७ मत प्राप्त गरिन् ।

८ वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका अब्दसल क्युम खान, वडा नं २ मा एमालेका मनोज कुमार चौबे, ३ नं वडामा नेपाली कांग्रेसकी श्री सरिता त्रिपाठी, वडा ४ नं मा जनता समाजवादीका अहमद अली, खान ५ नं वडामा स्वतन्त्र उम्मेद्वार जुबेर अहमद खाँ, ६ नं वडामा जनमत पार्टीका राजकुमार जयसवाल, ७ नं वडामा नेपाली कांग्रेसका चन्द्र प्रकाश दुबे र ८ नं वडा मा एमालेका सहाबुद्दिन मुसलमान निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : ४६ बजे