१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मायादेवीमा जसपालाई हराउँदै कांग्रेसको ‘कमब्याक’, यस्तो छ वडागतस्थिति (सूचिसहित)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपालले कमजोर उपस्थिति जनाएको छ ।

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा मायादेवीमा जसपाले आफ्नो पकट गुमाएको हो ।

मायादेवीमा गएको स्थानीय तहको निर्वाचनमा जसपाले शानदार जित निकालेको थियो । प्रदेशसभामा यसै क्षेत्रबाट जसपाले प्रदेश सांसद जितेको छ । यद्यपि हालै सकिएको स्थानीय चुनावमा जसपा पालिका अध्यक्ष र उपाध्यक्षमा पराजित हुन पुगेको छ ।

यहाँको पालिका अध्यक्षमा नेपाली कांग्रेसका वलिउद्धिन मुसलमान निर्वाचित भएका छन् । उनले ५ हजार २७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्प्रर्धी जनता समाजवादी पार्टी जसपाका बजरंगीप्रसाद कुर्मीले ४ हजार ८८० मत पाए ।

मुसलमानले ३९८ मत अन्तरले जित हात पारेका हुन् । साथै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार सरस्वती यादव निर्वाचित भएकी छिन् । उनले ५ हजार ३७ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्प्रर्धी जनता समाजवादीकी रश्मिसुधा त्रिपाठीले ४ हजार ५७८ मत प्राप्त गरिन् ।

८ वडा रहेको गाउँपालिकामा भने मिश्रित चुनावी नतिजा आएको छ ।

यस्तो छ वडागत अवस्था
वडा नं १ इसहाक मुसलमान – नेकपा (माओवादी केन्द्र)
वडा नं. २ मोहम्मद हुसेन खाँन – नेपाली कांग्रेस
वडा नं. ३ शैलेन्द्र कुमार यादव – जसपा, नेपाल
वडा नं. ४ अस्फाक अहमद खाँन – जसपा, नेपाल
वडा नं. ५ राघवेन्द्र पाण्डेय नेकपा – (माओवादी केन्द्र)
वडा नं. ६ सन्दिप चौधरी – जसपा, नेपाल
वडा नं. ७ जनार्दन कुर्मी – जसपा, नेपाल
वडा नं. ८ मुस्ताक अहमद मुसलमान – नेकपा (माओवादी केन्द्र)

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ८ : ४३ बजे