७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाणगंगाले पायो पहिलो उपप्रमुख महिला, चौधरीद्धारा पदभार ग्रहण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलो महिला उपप्रमुख पाएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगाले महिला उपप्रमुख पाएको हो ।

संविधानमा नगरको प्रमुख, उपप्रमुख मध्ये एक जना महिला अनिवार्य भएपनि गएको ०७४ सालमा सम्पन्न निर्वाचनमा बाणगंगाको उपप्रमुख महिला विहिन थियो ।

तत्कालिन बेला नेकपा (एमाले)ले विमला घिमिरेलाई नगर प्रमुखको उम्मेद्वार बनाउँदै नगर उपप्रमुखमा चक्रपाणी अर्याललाई टिकट दिएको थियो । कांग्रेस, माओवादी गठबन्धनले भने नगर प्रमुखमा कांग्रेसबाट मंगलप्रसाद थारु र नगर उपप्रमुखमा माओवादीबाट टोपनारायण बेल्वासे दुबै पदमा पुरुष उम्मेद्वार बनेका थिए ।

तर, गठबन्धनबाट नगर प्रमुखमा थारु निर्वाचित भए भने एमालेबाट नगर उपप्रमुखमा अर्याल निर्वाचित भए । यसले गर्दा बाणगंगा ५ बर्ष महिला उपप्रमुख विहिन बनेको थियो ।

हालै सम्पन्न निर्वाचनमा एमालेबाट उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएकी छिन् । थारुले कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई पराजित गरेकी थिइन् ।

उपप्रमुख चौधरीले शुक्रबार पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै थारुले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ४ : ५९ बजे