७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तु बाणगंगाका ५७ जना नवनिर्वाचित जनप्रतिनिधिले शपथ खादैँ निर्वाचित प्रमाणपत्र बुझे



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिहिरुले शपथ ग्रहण गरेका छन् ।

शुक्रबार विहान जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्यालले शपथ खुवाए पछि अर्यालले दिउँसो नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई सामुहिक शपथ खुवाउनुभएको हो ।

११ वडाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरि गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा ५७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार शपथसंगै निर्वाचित भएको प्रमाणपत्र पनि बुझेका छन् ।

साथै उक्त अवसरमा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई कार्यक्रम पनि राखिएको थियो ।

शुक्रबार नै नव निर्वाचित जनप्रतिनिधिहरुले पदभार पनि ग्रहण गरेका बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । नगर प्रमुख अर्याल, उपप्रमुख रिता कुमार थारुले बाणगंगा नगर कार्यापालिकामा पदभार ग्रहण गर्नुभएको छ भने वडाध्यक्ष र सदस्यहरुले आ आफ्नो वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

जनप्रतिनिधिहरुको स्वागतका लागि नगर र वडाका कर्मचारीलाई विहानै देखि तम्मतयारी अवस्थामा राखिएको थियो ।

निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा निवर्तमान जनप्रतिनिधिहरुको विदाई कार्याक्रममा निवर्तमान नगर प्रमुख मंगल प्रसाद थारु, वाणगंगा नगरपालिकाका निर्वाचन अधिकृत टेकराज अर्याल, नेपाली कांग्रेसका बाणगंगा सभापति विष्णु थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ५ : २० बजे