७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यी हुन् शिवराजका प्रमुख, उपप्रमुख सहितका वडाध्यक्षहरु, कुन दलका कति ? (सूचिसहित)



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शानदार विजयी हासिल गरेको छ । नगर प्रमुखमा अजय थापाले राप्रपाबाट शानदार विजयी हासिल गरेका हुन् ।

पछिल्लो समय नेपाली कांग्रेसका सक्रिय थापा पार्टीले टिकट नदिए पछि मनोनय दर्ताको दिन राप्रपामा प्रवेश गरि उम्मेद्वारी दर्ता गराएका थिए ।

राप्रपाको शून्य स्थिति रहदा रहदै थापाको राप्रपा यात्राले शिवराजको बागडोर सम्हाल्ने स्थिति बनाएको छ ।

थापाले निकटतम प्रतिद्धन्द्धि नेकपा (एमाले)का उम्मेद्वार महादेव पोख्रेललाई पराजित गरेका हुन् । निर्वाचित थापाले ७ हजार ६ सय २ मत प्राप्त गरे भने पराजित पोख्रेलले ७ हजार १ सय २८ मत ल्याए ।

यता एमालेबाट नगर उपप्रमुखमा शिवकुमारी थारुले पुनः आगमन भएको छ । पहिलो चुनावमा नगर उपप्रमुखको जिम्मेवारी सम्हाली सकेकी थारुले पुनः दोस्रो कार्यकालका लागि ७ हजार ९ सय ५५ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १ सय ८५ मत प्राप्त गरिन् ।

११ वडा रहेको शिवराजमा विभिन्न दलबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तो छ वडागतस्थिति
वडा नं १ खिमविक्रम केसी – नेकपा (एमाले)
वडा नं २ राम बहादुर चौधरी – नेपाली कांग्रेस
वडा नं ३ टेकलाल सापकोट – नेकपा (एमाले)
वडा नं ४ नशिम अहमद खान – लोकतान्त्रिक समाजवादी पार्टी
वडा नं ५ नेत्र बेल्वासे – नेकपा (एमाले)
वडा नं ६ मेहताव आलम खान – जनता समाजावादी पार्टी
वडा नं ७ अनुप कुमार चौधरी – नेकपा (माओवादी केन्द्र)
वडा नं ८ रिजवान खान – नेपाली कांग्रेस
वडा नं ९ रामगोपाल चौधरी – नेकपा (माओवादी केन्द्र)
वडा न. १० मञ्जु मिश्रा – लोकतान्त्रिक समाजवादी पार्टी
वडा नं ११ रामेश्वर वर्मा – नेपाली कांग्रेस

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ६ : ४५ बजे