१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मन लाग्यो भने सिनेमामा अभिनय पनि गरूँलाः रवीन्द्र मिश्र



काठमाण्डौँ ।
विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पार्टीका नेता र सदस्यहरूलाई राजीनामा नदिन सुझाएका छन्।

स्थानीय चुनावमा पार्टीका उम्मेदवारहरूको अपेक्षाअनुसार परिणाम नआएपछि मिश्रले बुधबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

‘पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया त्यसो नगरिदिनु होला,’ उनले आज ट्वीट गर्दै भनेका छन्, ‘कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।’


आफूले राजीनामा दिएपछि धेरै फोन आइरहेको पनि उनले बताएका छन्। कतिपयले आफूलाई अब के गर्नुहुन्छ भन्ने प्रश्न गरेकोसमेत मिश्र बताउँछन्।

‘कतिपय साथीहरूले अब तपाईं के गर्नु हुन्छरु भनेर सोधि रहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन,’ उनले भनेका छन्, ‘मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकी उपरवाले की इच्छा।’

उनले कविता लेख्नेदेखि सिनेमामा अभिनय गर्न सक्नेसमेत बताएका छन्।
‘कविता लेखुँला, किताव लेखुँला, परोपकारी काम गरूँला र मन लाग्यो भने सिनेमामा अभिनय पनि गरूँला१ फेरि एक पटक तपाईंहरूको स्नेह र सद्भावप्रति नतमस्तक छु।’उनले प्रतिकूलताहरूबाट गुज्रिँदा पनि आफूलाई स्नेह र सद्भाव देखाएर सन्देश पठाउनेप्रति आभारी भएको उल्लेख गरेका छन्।

‘तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र१ ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छुस् मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु,’ उनले भनेका छन्।

मिश्रले पार्टी अध्यक्षबाट बुधबार राजीनामा दिए पनि पार्टी केन्द्रीय समिति र कार्यसम्पादन समितिका बैठक बसेका छैनन्। उनको राजीनामाबारे पार्टीमा औपचारिक छलफल सुरू भइसकेको छैन।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  ९ : २२ बजे