५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुको विजयनगर गाउँपालिकाले भन्योः स्वयमसेवक शिक्षक र मौलानाहरुको म्याद थप हुन्न



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले असार मसान्त पछि स्वयमसेवक शिक्षक र मौलानाहरुको म्याद थप नहुने प्रष्ट पारेको छ ।

गाउँपालिकाले असार ३० गते एक सूचना निकाल्दै साउन १ गते देखि आन्तरिक स्रोतबाट तलवभत्ता खाने गरि करारमा नियुक्त भएका स्वयमसेवक शिक्षक र मौलानाहरुको म्याद थप नहुने जनाएको हो ।

असार ६ गतेको भएको कार्यपालिकाको निर्णय अनुसार यो सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए ।

विजयनगर गाउँपालिकाले यसभन्दा अगाडी पालिकामा शिक्षक दरबन्दी अभाव रहदा पठनपाठनमा समस्या भएको भन्दै स्वयमसेवक शिक्षक र मौलनाहरु ४ बर्ष पहिला करारमा नियुक्त गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष गोपाल थापाले साउन महिना भित्रै पुनः शिक्षक नियुक्तीका लागि आवेदन खुला गर्ने जनाए । अब शिक्षक नियुक्तीको सूचना निकाल्दा विषय विज्ञता भएकालाई प्राथमिकता दिने भन्दै आजको दिनसम्म स्वयसेवक रुपमा सेवा गर्ने सबै प्रति थापाले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  ६ : १२ बजे