६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025

कपिलवस्तु नगरपालिकाका सामुदायिक विद्यालयले शूल्क लिन नपाउने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु नगरपालिकाले साहसिक निर्णय गरेको छ । जिल्ला सदरमुकाममा रहेको कपिलवस्तु नगरपालिकाले आफू मातहतका सामुदायिक विद्यालयहरुलाई शूल्क नलिन निर्देशन जारी गरेको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले गत जेष्ठ १७ गते भएको नगर कार्यपालिकाको निर्णयनुसार सामुदायिक विद्यालयको शिक्षा निशूल्क गर्नका लागि कुनै पनि बहानामा अभिभावकसंग शूल्क नलिन निर्देशन दिएको हो ।

कुनै पनि बहानामा सामुदायिक विद्यालयहरुले शूल्क लिएको थाहा पाए विद्यालय सञ्चालन व्यवस्थापनका लागि नगरपालिकाबाट अनुदान रकम निकासा हुने हुँदा यदि कुनै पनि सामुदायिक विद्यालयहरुले कुनै बहानामा विद्यार्थी तथा अभिभावकबाट शूल्क लिएको पाइएमा अन्य सम्पूर्ण अनुदान रकमको निकासा रोक्का हुने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९ आइतबार ००:००  ७ : ०५ बजे