१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

शिवराजको कार्यापालिका बैठक प्रत्यक्ष प्रशारण, महत्वपूर्ण प्रस्ताव भने अस्विकृत



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यापालिका बैठक प्रत्यक्ष प्रशारण गरेको छ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि कार्यापालिकाको प्रत्यक्ष प्रशारणको सुरुवात गरेको हो ।

कार्यापालिकाको ५ औं बैठक प्रत्यक्ष प्रशारण गरिएको बैठकका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । आइतबार कार्यापालिकाको बैठक दिउँसो २ बजे देखि प्रत्यक्ष प्रशारण भएको थियो ।

शिवराज नगरपालिकामा मेयर अजय थापाले निर्वाचित भर्इ आइसके पछि कार्यापालिका बैठक प्रत्यक्ष प्रशारण गरिने बताएका थिए ।

५ औँ कार्यापालिका बैठकले विभिन्न एजेन्डा स्विकृत गरेको छ भने महत्वपूर्ण एजेन्डा बहुमतले अस्विकृत गरेको छ ।

आइतबारको कार्यापालिका बैठकले धानखोला लगाएत टाढाबाट आउने विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव भने बहुमतले अस्विकृत गर्यो ।

धानखोला लगायतका ठाँउबाट विद्यार्थीलाई विद्यालय आउन असहज भएको भन्दै मेयर थापाले त्यस्ता विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव कार्यपालिका बैठकमा लैजानु भएको थियो ।

तर उक्त प्रस्ताव कार्यापालिकाबाटै बहुमतले अस्विकृत भएको हो । धानखोलाबाट ६०–७० जना विद्यार्थी जागृती प्रावि बनकसाबासा, रेन्जर पोष्टको सरस्वती निमावी र नेपाल आर्दश माविमा अध्ययनका लागि आउने गर्दछन् ।

उनीहरुलाई यातायातका कारण विद्यालयमा आउन समस्या हुने गरेको छ । बर्खाको समयमा विभिन्न जोखिम मोलेर उनीहरु विद्यालय आउने गर्दछन् । यस्तै योजना कार्यन्वयन पुस्तक सम्बन्धको प्रस्तावपनि अस्विकृत भएको छ ।

आइतबारको कार्यापालिका बैठकले प्रारम्भिक वातावरणीय प्रतिवेदन आर्इर्इ कार्यसूचि सम्बन्धी प्रस्ताव स्विकृत गरेको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका विद्यार्थीलाई थप अनुदान उपलब्ध गराउने, कार्यतालिका सम्बन्धमा, बजेट माग गर्ने र कित्ताकाटबारे प्रस्ताव स्विकृत गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९ सोमबार ००:००  ९ : ०५ बजे