१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु २ (२)* मा कांग्रेस उम्मेदवार पाण्डेयको जित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले पहिलो जित निकालेको छ । कपिलवस्तु २ (२) मा कांग्रेसका सुधाकर पाण्डेय विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनको साथ पाउनुभएका उहाँ ८ सय ९१ मत मतान्तरले विजयी हुनुभएको हो । उहाँले १४ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुरलाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गर्नुभएको छ ।

०७४ को प्रदेशसभा निर्वाचनमा श्रीवास्तवसँग पराजित पाण्डेयले अहिले उहाँलाई पराजित गरेर सांसद बन्नुभएको हो । योसँगै सबै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन परिणाम आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ८ : ५८ बजे