१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु १ मा समानुपातिकमा एमाले पहिलो दल, समाजवादी चौथो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु १ मा समानुपातिक तर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको मतपरिणाममा एमाले पहिलो दल बनेको हो ।

आइतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा एमाले पहिलो हुँदा, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा (एकीकृत समाजवादी) चौथो, नागरिक उन्मुक्ती पार्टी पाँचौ, जनमत पार्टी छैठौ, नेकपा (माओवादी केन्द्र) सातौ स्थानमा छ ।

एमालेले क्षेत्र नं. १ मा २६ हजार २५७ मत पाएको छ । नेपाली कांग्रेस २० हजार ४९७ मत पाउँदै दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार २६० मत ल्याएर तेस्रो स्थानमा आउन सफल भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले ६ हजार ६३० मत ल्याएर चौथो हुँदा नेकपा (माओवादी केन्द्र) ले ३ हजार ९२३ मत पाउँदै सातौं स्थानमा रहेको छ ।

नागरिक उन्मुक्ती पार्टीले ५ हजार ९६४ मत पाएको छ । जनमत पार्टीले ४ हजार ५९८ मत पाएका छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ३५२, जनता समाजवादी पार्टी नेपालले २ हजार ६०, बहुजन शक्ति पार्टीले १ हजार ९७६ मत पाएको छ ।

समानुपातिक तर्फ ३८ दलले भाग लिएका थिए । अरु दलको मत एक हजार भन्दा कम छ ।

१ लाख ४१ हजार १३ मतदाता रहेको यो संघीय निर्वाचन क्षेत्रमा ९१ हजार ३३७ मत खसेको थियो । ४ हजार ९२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  १ : २० बजे