१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा झारफुकको बाहानामा जवरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षिय पप्पु हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो । हरिजनले यहि मंसिर २० गते २७ वर्षिय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार रहेका थिए ।

पिडित युवतीको जाहेरी पछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।

कोही कसैले रातको समयमा एकान्तमा लगि झारफुक (उपचार) गर्ने बहानामा अपराधिक कार्य गर्न र गराउन सक्ने भएकाले त्यस तर्फ सचेत रहन समेत कपिलवस्तु प्रहरीले सर्वसाधरणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९ बुधबार ००:००  ८ : ५७ बजे