१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विद्यार्थी संगठनले दिए आन्दोलनको चेतावनी



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकाय चौथो वर्षको परीक्षा तालिका अव्यवाहारिक भएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विभिन्न संगठनले सो परीक्षा तालिकाविरुद्ध विरोध जनाएका हुन् । त्रिविले तालिका तत्काल नसच्याए आन्दोलनमा जाने पनि संगठनहरुले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

त्रिविले गत पुस २९ गते आवेदन फारम खुला गर्दै माग ६ गते ती संकायहरुको परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

विज्ञप्तिमा परीक्षा फारम खुलेको न्यूनतम ३५ दिनभित्र मात्रै परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने नियमविपरीत त्रिविले मनोमानी निर्णय गरेको भन्दै तत्काल संशोधनको माग गरिएको छ । तालिका तत्काल संशोधन नभए कडा आन्दोलनमा उत्रिने पनि संगठनहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  ६ : १५ बजे