७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकीकृत समाजवादीद्धारा वडादेखि प्रदेश अधिवेशन गर्न निर्देशन



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले अर्को वर्षको सुरुमै अधिवेशन गर्ने भएको छ ।

पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन ९असनि० जारी गर्दै १५ वैशाख २०८० भित्र वडा अधिवेशन गरिसक्न भनेका छन् ।

पालिका तथा विशेष इकाइहरुमा २०८० वैशाख मसान्तभित्र र जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्न भनिएको छ ।

प्रदेश अधिवेशन भने २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा गर्नुपर्ने अपानिमा निर्देशन दिइएको छ ।

जनवर्गीय, पेशागत र सामुदायिक संगठनका कमिटीहरूलाई सम्मेलन/अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न र अधिवेशन गर्न पनि भिनिएको छ ।

यसैबीच एकीकृत समाजवादीले विकसित राजनीतिक घटनाक्रमकबारे छलफल गर्न २१ र २२ माघमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ५ : ५८ बजे