१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आजको मौसमः यी प्रदेशमा आंशिकदेखि सामान्य बदली



काठमाडौं ।
आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले यी प्रदेशमा आज बादल लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी तीन प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली जिल्लामा भइरहेको हिमपात पनि रोकिएको छ । तराईका जिल्लामा अहिले बिहान हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने अनुमान छ ।

प्रकाशित मिति : १३ माघ २०७९ शुक्रबार ००:००  ७ : ५२ बजे