११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

आज पनि बस्दै माओवादी केन्द्रको स्थायी समिति बैठक



काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।

प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ- आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित मिति : १३ माघ २०७९ शुक्रबार ००:००  ७ : ५७ बजे