१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पार्टी बलियो बनाउन जुट्यो एकीकृत समाजवादी



काठमाडौँ ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय दल बन्न नसकेको नेकपा एकीकृत समाजवादी संगठन सुदृढीकरण गर्न कार्ययोजना तय गरेको छ । जसअनुसार पार्टी महासचिव वेदुरामले पार्टीलाई बलियो अवस्थामा पुर्याउने योजनाका साथ अन्तर संगठन निर्देशन (असनि) जारी गरेर मातहतका कमिटीमा पठाएका छन् । असनिमा पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने उल्लेख गरिएको छ ।

यस्तै पार्टीका अधिवेशनहरु गर्नका लागि कार्यतालिका पनि तय गरिएको छ । जसअनुसार । वडाहरुमा २०८० वैशाख १५ भित्र, पालिकारविशेष इलाकामा २०८० वैशाख मसान्तभित्र र २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ ।

२०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्न र जनसङ्गठनहरूको पुनर्गठन गर्न पनि निर्देशन दिइएको छ ।

पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा भएका निर्णयलाई अनुमोदन गर्न र विकसित परिस्थितिमा छलफल गर्न माघ २१ र २२ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ।

प्रकाशित मिति : १४ माघ २०७९ शनिबार ००:००  ५ : ३८ बजे