७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पूर्वी नेपाल बाहेक बाँकी भू-भागको मौसम सफा



काठमाडौं ।
आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भू-भागमा भने सफा रहनेछ ।

आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।

आइतबार दिउँसो भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९ शनिबार ००:००  ७ : ४४ बजे