१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विमान दुर्घटनामा बेपत्ता एक जनाको खोजी भइरहेको छ : नेपाली सेना



कास्की ।

पोखराको सेती खोँचमा यती एअरको विमान दुर्घटनामा परि हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोजी तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

चालक दलका चारसहित ७२ जना यात्रु बोकेर काठमाण्डौदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोँचमा खसेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।

विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९ शनिबार ००:००  १२ : ३४ बजे