८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती घाइते



काठमाडौं ।
बाँकेमा एक जनाले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षका छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले हिजो बेलुका श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार गंगाले छोरालाई बोक्नु भएको थियो ।

आगोले जलेका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते गंगाको उपचार भइरहेको छ । श्रीमती र बच्चालाई आगो लगाउने भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९ सोमबार ००:००  १ : ०२ बजे