११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु



काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो।

नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन्।

माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०७९ सोमबार ००:००  १ : १५ बजे